नेत्रहीन क्रिकेट माघ २५ देखि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चौथो कादुरी नेत्रहीन क्रिकेट प्रतियोगिता माघ २५ देखि २८ सम्म आयोजना हुने भएको छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा सो प्रतियोगिता पर्साको वीरगञ्जस्थित नारायणी रंगशालामा हुनेछ ।

टी-ट्वान्टी फम्र्याटमा आयोजना हुने यस प्रतियोगितामा गोरखा, चितवन, मधेश प्रदेश र प्रदेश नम्बर १ गरी चार टिम सहभागी रहनेछन् । यस प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई सन् २०२३ अगष्ट महिनामा बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराइनेछ ।

ADVERTISEMENT

प्रतियोगितामा माघ २५ गते बिहान चितवनविरूद्ध गोरखा, दिउँसो मधेश प्रदेशविरूद्ध प्रदेश नम्बर १, माघ २६ गते बिहान गोरखाविरूद्ध प्रदेश नम्बर १, दिउँसो मधेश प्रदेशविरूद्ध चितवन, माघ २७ गते चितवनविरूद्ध प्रदेश नम्बर १, दिउँसो गोरखाविरूद्ध मधेश प्रदेश खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *