गैंडाकोटमा टी-२० क्रिकेट प्रतियोगिता हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

गैंडाकोट । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा ‘दोस्रो गैंडाकोट मेयर कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैंडाकोट-९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले संस्थाका नाममा खेल मैदानको जग्गा प्राप्ति, मैदानको संरक्षणका लागि तटबन्धनलगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी रहेको बताउनुभयो ।

नगरप्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैंडाकोटको चिनारीलाई उजागर गर्ने बताउनुभयो । प्रतियोगिताले गैंडाकोटसहित देशभर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख अधिकारीले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ADVERTISEMENT

प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्षसमेत रहनुभएका गैंडाकोट–९ का वडाध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैंडाकोटको गौरवको विषय भएको बताउनुभयो । उहाँले नेपाल क्रिकेट संघमा आबद्ध छिमेकी जिल्लालाई आधार बनाई टोली छनोट गरिएको बताउनुभयो ।

प्रतियोगिताको विजेताले उपाधिसहित दुई लाख तथा उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, इमर्जिङ प्लेयरलाई सात हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई पाँच÷पाँच हजार तथा हरेक दिन घोषित हुने म्यान अफ द म्याचलाई एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी र चितवन गरी आठ टोलीको सहभागिता रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *