नक्कली नोटसहित दुईजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिरहा । सिरहामा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १९ का ३० वर्षीय का मोहम्मद ओसिन र सोही नपा १० का २२ वर्षका मोहम्मद राज शेख रहेका छन् ।

जिल्लाको सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको सडकबाट उनीहरु पक्राउ परेका हुन् ।

ADVERTISEMENT

उनीहरुको साथबाट एक हजार दरका चार सय ३५ थान नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, सात थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?