ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुुई जनाको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको तानसेन-दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बगनासकाली गाउँपालिकाको झिरुभञ्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई बगनासकाली-९ गुनठाँटीस्थित तानसेन-दर्लमडाँडा सडक खण्डमा आज बिहान ठक्कर दिँदा स्कुटरमा सवार दुुई जनाको ज्यान गएको हो ।

मृत्युु हुनेमा तानसेन नगरपालिका-१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँकी ३९ वर्षीया मिना थापा मिधुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ADVERTISEMENT

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनिहरुको उपचारका लागि तानसेनस्थित जिल्ला अस्पताल पठाएकोमा चेकजाँचपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

मृतक उनीहरू आमा छोरा रहेको बुुझिएको छ । प्रहरीले ट्याक्टर र चालक धादिङ रोडाङ गाउँपालिका-९ का हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज