‘चिउरा भटमास’ भन्दै रविन्द्र

Read Time = 1 min

काठमाडौं । गीतकार रविन्द्र आशिष ‘शैली’को नयाँ गीत ‘चिउरा भटमास’ सार्वजनिक भएको छ । मुस्कान राई र सिर्जना तामाङको स्वर, राम कार्कीको संगीत एवं संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो भकारी एमडिसीको बेष्टटोन म्युजिकको युट्युबमार्फत् सार्वजनिक गरिएको हो । नयाँ एल्बमको तयारीमा रहनुभएको बताउनुहुने शैली यो गीत सो एल्बममा समावेश गर्ने बताउनुभयो ।

ADVERTISEMENT

शैलीका यसअघि ‘मायाले बोलाउँछ १ र २’ र ‘शैली’ जस्ता एल्बम श्रोता÷दर्शकमाझ आएका छन् भने गीति पुस्तक ‘शैली’ र गजलसंग्रह ‘माया महल’ सार्वजनिक भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?