काठमाडौं । समसामयिक विषयवस्तुलाई समेटेर निर्माण तथा प्रसारण हुँदै आइरहेको हास्य टेलिसिरियल ‘रिटार हल्दार’ले दर्शकको प्रशंसा बटुल्न सफल भएको छ । २५ औँ शृंखला सफलतापूर्वक पार गरेको खुसियालीमा एक कार्यक्रमबीच आमदर्शकलाई धन्यवाद दिँदै आपसमा खुसी साटासाट गरी टेलिसिरियल युनिटले मनाएको छ ।
माउण्टेन टेलिभिजनमार्फत् प्रसारण हुँदै आएको ‘रिटार हल्दार’मा विष्णु सापकोटा, स्वीकृति खरेल, पिताम्बर आचार्य, पुष्प आचार्य, लक्ष्मी तिमल्सिना, शिव शर्मा, गीता वली, प्रेम खतिवटा, रक्षा सापकोटा, मधुर बस्नेत, सागर परियार, रामकाजी घिमिरे, विनोद परियार, सन्तोष पौडेल, प्रेम श्रेष्ठलगायतका कलाकारको अभिनय छ । विष्णु सापकोटाको निर्माण र परिकल्पना रहेको छ ।






