भोजपुरमा माघ २५ बाट पाँचौं महिला मेयर कप फुटबल प्रतियोगिता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । प्रदेश -१ को पहाडी जिल्ला भोजपुरमा पाँचौ महिला मेयर कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । प्रत्येक बर्ष संचालन हुने प्रतियोगिताको यो पाँचौ संस्करण हो ।

माघ २५ गतेबाट २८ गतेसम्म संचालन हुन लागेको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले बताउनुभयो ।

ADVERTISEMENT

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी र प्रचार प्रसारको काम शुरु गरिएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष सुवालले बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक भोजपुर नगरपालिका भोजपुर रहने छ ।

पाँचौ महिला मेयर कप फुटवल प्रतियोगिता विजेताले उपाधि सहित नगद एक लाख पाँच हजार पाँच सय ५५ र उपविजेताले ५१ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । माघ २३ गतेसम्म प्रतियोगितामा भाग लिन टिम दर्ता गराउन सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *