सन्दीपको निलम्बन फुकुवाबारे आज क्यानले निर्णय गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने बैठकले नेपाल टी-२० लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा लगायका विषयमा छलफल गर्ने बताइएको छ ।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी-२० लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ ।

केही दिन अघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए । आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिन सक्ने सम्भावनासमेत छ ।

ADVERTISEMENT

टी-२० लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

त्यस्तै बैठकले निलम्बनमा रहेका सन्दीप लामिछानेलाई टिममा बोलाउने, नबोलाउनेबारे पनि निर्णय गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?