सौतेनी आमाको कुटाइबाट तीन वर्षीय बालकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१, टकुचामा कुटपिटबाट एक बालकको मृत्यु भएको छ । बनेपा नगरपालिका-१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गर्दा तीन वर्षीय बालकको मृत्यु भएको हो ।

दाङको घोराही नगरपालिका-९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार तिलकराम विमलका बाबु र उर्मिला सौतेनी आमा हुन् । तिलकराम र उर्मिलाको कुटपिटपछि विमलको माघ १३ गते मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज