मस्जिदमा बिस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ५९ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इस्लामाबाद । पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घटनामा परी १५० भन्दा बढी मानिसहरू घाइते भएका छन् ।

सोमवार दिउँसो प्रार्थना भइरहेको समयमा आत्मघाती बम विस्फोटमा हुँदा ठूलोमात्रमा मानवीय क्षति भएको हो ।

ADVERTISEMENT

घटनामा परि घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

विस्फोट प्रहरी हेडक्वाटर, गुप्तचर र ‘काउन्टर टेरोरिजम युनिट’ को कार्यालय रहेको क्षेत्रमा भएको थियो। त्यसैले यो विस्फोट प्रहरीलक्षित भएको अनुमान अधिकारीहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?