काठमाडौं । इलामकी सजना खत्री केसीले मिसेस नेपाल आइडल २०२३ को उपाधि चुम्नुभएको छ । उहाँले राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न प्रतियोगितामा मोष्ट इन्टिलिजेन्ट र मोष्ट पपुलर उपाधिसहित चाँदीको ताज पहिरन सफल हुनुभएको हो । यस्तै, फष्ट रनर अपमा सयुजा नेम्बाङ र सेकेण्ड रनर अपमा नीता भट्टराईले आफ्नो स्थान बनाउन सफल हुनुभएको छ ।
कार्यक्रममा फाइनलिष्टले सब टाइटल अर्वाड पनि हासिल गरेका थिए जसमा वेष्ट फोटोजेनिक सयाजु नेम्बाङ, मोष्ट कन्फिडेन्ट र पब्लिक च्वाइस भिडियो अर्वाड निता भट्टराई, मोष्ट स्मार्ट सुशिला थापा घिमिरे, मोष्ट एट्राक्टिभ मनिता गुरुङ दुरा, मोष्ट एक्टिभ कुमारी गुरुङ, मोष्ट डिलिजेन्ट बुद्धिसरा अर्याल, वेष्ट पर्सनालिटी गोमा गुरुङले हात पार्न सफल हुनुभएको छ ।
हिमालयन मुभिजको आयोजनामा सम्पन्न सो कार्यक्रम मिसेस नेपाल आइडलको सातौं संस्करण हो । अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा प्रतियोगी व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाकलगायत विविध विषयमा करिब दुई साताको प्रशिक्षणमा सहभागी भएका थिए ।
वरिष्ठ गायिका देवीका वन्दनाको विशेष आतित्थ्यता रहेको कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी सीमान्त उदास, नायक अयुब केसी, अभिनेत्री रस्मि भट्ट, ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर, नर्सिङ आइडल २०१९ निसु महर्जन र मिसेज हिमालयन नेपाल २०२२ सुशीला थिङ तामाङ रहनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts