पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद डा. विजय ज्ञवाली, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका छोरा हार्दिक न्यौपानेलगायतले कृतिको संयुक्तरूपमा लोकार्पण गर्नुभएको हो ।

प्राडा कोइरालाले पुस्तकले किताबमात्रै बोक्ने प्रवृत्तिको निरुत्साहित गर्दै बालमनोविज्ञान बुझेर अभिभावकले बाल सिकाइमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी बालबालिकामाथि आफ्नो इच्छा लादिरहेका हुन्छौं । बच्चा चुलबुले हुन्छन् । उनीहरूको सिकाइ विशृंखिलत हुन्छन् । तर, हामी एकोहोरो किताब रटाइरहेका हुन्छौं । यस्तो अवस्थामा पुस्तकभन्दा आफ्नै तरिकाले सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट किताबभन्दा धेरै ज्ञान दिन सकिने रहेछ ।’

ADVERTISEMENT

यस्तै, लेखक न्यौपानेले संस्कारहीनताको कारणले शिक्षा नीति असफल भएको जिकिर गर्दै भन्नुभयो, ‘संस्कारहीनताको कारणले समाज भाँडिएको छ । त्यसलाई ठीक ठाउँमा ल्याउन पुस्तक लेखेको हुँ’, उहाँले अगाडि भन्नुभयो, ‘हामीले बालबालिकालाई घरबाटै संस्कार सिकाउनुपर्छ । हिंसात्मक वातावरणमा हुर्काएका नानीहरू सामाजिक हुन सक्दैन ।’

यसअघि न्यौपानेका ‘एम्बुसमा ६ वर्ष, कर्मः सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट सो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ र दासप्रथा’को नयाँ रूप प्रकाशित छन् । हार्दिक न्यौपानेको आवरण रहेको उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *