जैशीदेवलका रोशनलाई स्वर्ण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५-२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गर्नुभयो । भक्तपुरका शोभराज तामाङ र नागर्जुन नगरपालिकाका युवराज फुयाल तेस्रो हुनुभयो ।

महिला २३-२६ केजीमा भक्तपुरकी जेनी जोशी पहिलो हुनुभयो । जेनीले फाइनलमा बाह्रबिसे नगरपालिकाकी इभाना श्रेष्ठलाई हराउनुभयो । गोदावरी नगरपालिकाकी सन्दना घिमिरे र आयोजक ‘ए’ की सुप्रिया जोशी तेस्रो बन्नुभयो । पुरुष ३१-३४ केजीमा काठमाडौं महानगरपालिकाका रोहन भुजेलले फाइनलमा तार्केश्वर नगरपालिकाका रोजन घलेलाई पाखा लगाउँदै स्वर्ण जित्नुभयो । मध्यपुर नगरपालिकाका सुमन मोक्तान र बाह्रबिसेका मनिष थापाले कांस्य हात पार्नुभयो ।

ADVERTISEMENT

पुरुष एकल पुम्सेमा गोदावरीका निरव महर्जन पहिलो, महालक्ष्मी नगरपालिकाका आयुश भोटे दोस्रो तथा निलकण्ठ नगरपालिकाका समिर तामाङ र ललितपुर महानगरपालिकाका विलवराज क्षेत्री तेस्रो हुनुभयो । उक्त स्पर्धाको महिलामा बुढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा पहिलो, गोदावरीकी सरगम थापा दोस्रो तथा तार्केश्वरकी कुञ्जिता गुरुङ र निलकण्ठकी सुवानी तामाङ तेस्रो हुनुभयो ।

प्रतियोगितामा विभिन्न २० स्पर्धामा ३०० खेलाडीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतीले जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *