कविता : म र मेरा सपनाहरू

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

✍️ सुदीप उद्द्योत

कुनै गुनासो छैन मलाई त्यो भमरासित,
आउँछ चुमेर जान्छ ।
जब यताउता घुम्छु सुगन्ध छर्दै,
तब अनायासै घोचिन्छु
आफ्नै वृक्षका काँढाहरूबाट ।

ADVERTISEMENT

मेरो हाँसो !
मेरा लागि जीवन कि मृत्यु ?
मृत्यु भनूँ,
पत्रैपत्र चुँडिएर खस्छु पवित्र देवताको काखमा ।
जीवन भनूँ,
एउटा लासमाथि बसेर हाँसिरहेछ
अर्को लास ।

कुनै गुनासो छैन मलाई त्यो घामको प्रतापसँग,
मैले प्रेम गरेको छु चन्द्रमासँग,
ऊसँगै हाँस्न सिकेँ, पहिलो पटक ।
मलाई उसको शीतलतासँग रमाउन मन छ, डुल्न मन छ ।
तर सूर्यास्त अगावै चुँडिनुपर्छ
म र मेरा सपनाहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *