पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका- ५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्वरको टिपर बुधबार राति ११ः५० बजे दुर्घटना भएको हो ।
घटनामा चालक स्याङ्जा गल्याङ् नगरपालिका-१ राम्दीका सरोज न्यौपानेको मृत्यु भएको छ । उहाँको घटनास्थल नजिकै तिनाउ खोलामा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घटना राति भए पनि न्यौपानेको खोजतलास गर्दा आज विहान मात्र शव फेला परेको हो । टिपर सडकदेखि १३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
टिपर पूर्णरुपमा क्षति भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts