काठमाडौं । दिनेश प्रजापती र रमेश अधिकारी सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनलमा १३औँ वरीयताका रमेश अधिकारीले १०औँ वरीयताका भुवनकुमार रोक्कालाई दुई/एकले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभएको छ भने अर्को सेमिफाइनलमा सातौँ वरीयताका दिनेश प्रजापतीले आठौँ वरीयताका धनबहादुर थापालाई दुई/एकले नै माथ गरेर फाइनलको यात्रा तय गर्नुभएको छ । सूर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने दाउमा रहनुभएका दिनेश अब एकमात्र जित टाढा हुनुहुन्छ ।
दिनेश र रमेशले उपाधिका लागि बिहीबार ३६-होलको प्रतिस्पर्धा गर्ने, धन र भुवनले तेस्रो स्थानका लागि १८ होलको खेल खेल्ने आयोजकले जनाएको छ । यसअघि बुधबार भएको क्वाटरफाइनलमा नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौँ वरीयताका रवि खड्का पराजित हुनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts