काठमाडौं । नेपाली गायन क्षेत्रको प्रारम्भदेखि अहिलेसम्म आउँदा धेरै सर्जकले यसमा आफ्नो जीवन व्यतीत गर्नु भएको छ । प्रदत्त गायनदेखि आजको डिजिटल युगसम्म हजारौं गायक-गायिकाले नेपाली गीतसंगीतमा आफ्नो जीवन समर्पण गरेका छन् । नेपाली गीतसंगीतको यो लामो इतिहासमा धेरै सशक्त स्वर आएका छन् । यस्तैमा आफ्नो स्वरमार्फत धेरैको मन जित्न सफल नाम हो नवीन पौडेल ।
पाल्पा जिल्ला बगनासकाली गाउँपालिका-५ साविकको दर्लमडाँडा गाविस-१ मा बुबा लीलाधर पौडेल र माता कमलादेवीको कोखबाट विसं २०३६ सालमा जन्मिनुभएका नवीन पौडेल सानै उमेरदेखि गीत गाउन भनेपछि हुरुक्क हुनुहुन्थ्यो । बाल्यकालदेखि कै यही लगावका कारण स्कुल क्लबलगायत संघसंस्थामा आयोजना हुने कार्यक्रममा गीत गाउँदा-गाउँदै उहाँले यसलाई आफ्नो जीवनको अभिन्न अंग बनाउनुभयो । माध्यमिक तहसम्मको अध्ययन गाउँकै दर्लमडाँडा माध्यमिक विद्यालयमा पूरा गर्नुभएका उहाँले आफ्नो अध्ययन सँगसँगै गीतसंगीतको यात्रालाई अगाडि बढाउनुभयो ।
बुबाको प्रेरणा र गाउँकै अगुवाहरूको हौसलाले आफूले यस क्षेत्रमा फडको मार्न सफल भएको नवीन बताउनुहुन्छ । काठमाडौंको आरआर क्याम्पनमा भर्ना भएर अध्ययनसँगै गीतसंगीतलाई अगाडि बढाउने क्रममा नेपालका लगभग धेरैजसो भू-भागमा पुगेर आफ्नो प्रस्तुति दिएको उहाँ बताउनुहुन्छ । यथार्थफरक, चेतनामूलक, समयसापेक्ष, महिला मुक्ति, भ्रष्टाचार एवं जनजीविकासँग सम्बन्धित गीत र्सिजना गर्न र गाउनमा पर्याय बन्नुभएका नवीनले दर्जनौं सोही प्रकृतिका गीत सिर्जना गर्नुभएको छ ।
‘नरोउ धर्केर’ एल्बमबाट औपचारिक सांगीतिक यात्रा प्रारम्भ गर्नुभएका नवीनले ‘जान्न मत त्यो घर’, ‘रातो डोरि कपाल लर्केको’, ‘मायालु तिम्रै म हुँ नि’, ‘सत्य खान्छु कसम’, ‘ए हजुर सुन्नु भा’ छ र’, ‘श्रीनगर बतासे डाँडैमा’, ‘हरेक जातजाति’, ‘तिम्रै भरमा’, ‘लेउ खुकुरीले’, ‘सुदूरपश्चिम घर मेरो’, ‘दुःखका दिन गए’, ‘नयाँ पार्टी खोल्छु’, ‘मन परेरै हो’, ‘हरहर बासना अगरबत्तीको’, ‘यस्तै हुन्छ भन्नेभा’लगायत उहाँका धेरै जनजिब्रोमा झुण्डिने गीत छन् ।
उहाँका गीतले समाजमा घटेका घटना परिघटनाको चर्चा परिचर्चा गरेको पाइन्छ । नवीनले यी र यस्तै सिर्जनाका कारणले देश–विदेशमा चर्चा कमाउन सफल हुनुभएको छ । उहाँले जापान, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, डेनमार्क, स्विजल्याण्ड, हल्याण्ड, इटाली, स्विडेन, युएई, कतार, मलेसिया, बंगलादेशलगायत देशमा आफ्नो प्रस्तुति गर्नुभएको छ । उहाँ विभिन्न संघसंस्था एवं राज्यबाट समेत पुरस्कृत तथा सम्मानित हुनुभएको छ । राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री, नेपाल प्रवीण, संस्कृति पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयबाट पचास हजार नगदसहित बागमती प्रादेशिक प्रतिभा पुरस्कार, बागमती प्रदेश सरकारबाट कलाकृति मानपदवी, नुरगंगा प्रतिभा पुरस्कार, रेडियो मदनपोखरा सांस्कृतिक सम्मान, हेम-सरिता पाठक फाउण्डेशन अमेरिकाबाट भ्रष्टाचारविरोधी गीत गाएबापत एक हजार डलर नगद राशिसहितको अन्तर्राष्ट्रिय संगीत पुरस्कार, इन्सेक नागरिक अभिनन्दनलगायत पुरस्कार, सम्मान, मानपदवी र अलंकार उहाँले प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पूर्वकेन्द्रीय सदस्य, प्रस्तोता समाज नेपालका सदस्य, अन्तर्राष्ट्रि कलाकार मञ्च नेपालका उपाध्यक्षलगायत विभिन्न संघसंस्थामा रहेर उहाँले यस क्षेत्रको श्रीवृद्धि आफूलाई अनवरत रूपमा संलग्न गराउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच