३४ किलो चरेससहित एकजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मलेखु । धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका-८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । गत सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका-२ समटारबाट आठ किलो पाँच सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका-८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ADVERTISEMENT

माहदेवबेँशी-पालुङ भित्री सडकखण्डमा यात्रुबाहक बसमा जाँचको क्रममा नियन्त्रणमा परेका पुरीको धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *