विराटनगर । मोरङ सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका प्रहरीले जनाएको छ ।
षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता