सांगीतिक कार्यक्रमसहित क्लिन्टन स्कुलको वार्षिकोत्सव सम्पन्न

Read Time = 4 mins

काठमाडौं । क्लिन्टन स्कुलको ११औं वार्षिकोत्सव सम्पन्न भएको छ । चावहिल (गणेशस्थान) स्थित क्लिन्टन स्कुलको ११औं वार्षिकोत्सव नेपाल प्रज्ञा-प्रतिष्ठानको हलमा विद्यार्थीहरूका सांगीतिक, सांस्कृतिक, साहित्यिक, खेलकुद, योगालगायत प्रस्तुतिका साथमा सम्पन्न भएको हो ।

समारोहमा प्रमुख अतिथि हिमालय टाइम्सका प्रधानसम्पादक, साहित्यकार पुरुषोत्तम दाहालले स्तरीय शिक्षाका लागि क्लिन्टन स्कुलको चर्चा हुनेगरेको बताउनुभयो । समारोह उद्घाटनका क्रममा छात्राहरूद्वारा संस्कृतमा गरिएको मन्त्रोच्चारण र शंख ध्वनिको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘गार्गी जस्ता विदुषी भएको देश हो हाम्रो । महिलाले वेद पढ्नु हुँदैन भन्ने रुढीलाई हामीले हटाउनुपर्छ । नेदरल्याण्डमा विद्यालयको पाठ्यक्रममा ‘गीता’लाई राखिएको छ । संस्कृतको महत्व संसारमा बढेर गएको छ । क्लिटनका विद्यार्थीले अंग्रेजीको उच्चारण राम्रोसँग गर्नुका साथै संस्कृतको मन्त्र पनि राम्रोसँग उच्चारण गरेको देखेँ । अहिले कुनै पनि साना नानीबाबुलाई पढेर के गर्छौ भनेर सोध्यो भने युरोपका कुनै देश वा अमेरिका वा अष्ट्रेलिया जाने कुरा बताउँछन् । हाम्रा नानीबाबु विदेश जाँदा पनि त्यहाँ नेपालीपन बोकेर जाऊँन् ।

ADVERTISEMENT

नेपाली संस्कृति, गीतसंगीत, नेपाली आत्मा बोकेर जाऊँन् । क्लिटन स्कुलले त्यसतर्फ ध्यान दिएको आजको कार्यक्रमले देखाउँछ ।’
कार्यक्रममा विशेष अतिथि विमल होडाले आफ्नो वडा क्लिटनजस्ता स्तरीय विद्यालय भएकोमा खुशी प्रकट गर्दै भन्नुभयो, ‘हाम्रो वडा विद्यालयस्तरमा काठमाडौं महानगरमै उत्कृष्ट शिक्षा प्रदान गर्ने वडा हो । यसमा क्लिन्टन जस्ता स्कुलको महत्वपूर्ण भूमिका छ ।’

कार्यक्रममा क्लिन्टन स्कुलका प्रिन्सिपल हिक्मत रायमाझीले आगामी सत्रदेखि अभिभावकसँग सल्लाह गरेर विद्यार्थीहरूलाई संस्कृत भाषा सिकाउने र सीपसँग सम्बन्धित फेसन डिजायनिङ, कुकिङ (पाकशास्त्र) आदि जस्ता विषयलाई पाठ्यक्रममा समावेश गर्ने योजना रहेको जनकारी गराउनुभयो । विशिष्ट अतिथि स्रष्टा डा.ज्ञानु पाण्डे, यस्तै विमल होडा, यमनाथ चौलागाईं, हरिगोपाल कक्षपति, ज्ञानप्रसाद खनाललगायतको आथित्यमा सम्पन्न समारोहको सभापतित्व साहित्यकार मनोजादित्य न्यौपानेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?