बौद्धिक अपांगता भएका बालबालिकाबीच जन्मदिन

Read Time = 2 mins

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार एवं हिटा कर्मी गीता अधिकारीले आफ्नो जन्मदिन बौद्धिक अपांगता भएका बालबालिकाहरूबीच मनाउनुभएको छ । उहाँले आइतबार आफ्नो जन्मदिन गोकर्णमा रहेको ‘स्वस्थ समाज नेपाल’मा रहेका बौद्धिक अपांगता भएका बालबालिकाबीच मनाउनुभएको हो । एक दर्जनभन्दा बढी बौद्धिक अपांगता भएका बालबालिकाबीच खाना खुवाएर र आफूले सक्दो सहयोग गरेर उहाँले आफ्नो जन्मदिन मनाएको बताउनुभयो ।

जन्म दिनमा गरिने फजुल खर्च केही भए पनि सामाजिक कार्यमा लगाउने उद्देश्यले आफ्नो जन्मदिन अपांगता भएका बालबालिकासँग मनाएको मिलाप फाउण्डेशनको अध्यक्षसमेत रहनुभएकी अधिकारीले बताउनुभयो । ‘एक दिन भए पनि अनाथ बालबालिकालाई मिठो मसिनो खुवाउने तथा सक्दो केही सहयोग पु¥याउ भन्ने सोचले ‘स्वस्थ समाज नेपाल’ मा रहेका बौद्धिक अपांगता भएका बालबालिकासँग जन्म दिन मनाएकी हुँ’, उहाँले भन्नुभयो, ‘जन्म दिनमा गरिने फजुल खर्चलाई सबैले राम्रो काममा खर्च गर्न सकियो भने थोरै भए पनि परिवर्तन ल्याउन सकिन्छ ।’

ADVERTISEMENT

उहाँले विगतका वर्षमा पनि असाहय बालबालिकाबीच जन्मदिन मनाउँदै आएको र यो वर्ष पनि त्यसैलाई निरन्तरता दिएको बताउनुभयो । ‘विगत वर्षमा मैले आफ्नो जन्मदिन असाहय बालबालिकाबीच मनाउने गरेको थिए । विभिन्न संघ संस्थामा सहयोग गर्दै मनाउने गरेकी थिए यस पल्ट गोकर्णमा रहेको स्वस्थ समाज नेपालमा बौद्धिक अपांग भएका बालबालिकाबीच मनाएकी हुँ’, उहाँले भन्नुभयो । हिटाकर्मी अधिकारीलाई हिमालय टाइम्सको तर्फबाट पनि जन्मदिनको अवसरमा मंगलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *