नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

Read Time = 4 mins

काठमाडौं । संगीतका महर्षि अमर स्रष्टा संगीतकार नातिकाजीको ९८औं जन्मजयन्तीमा प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘नातिकाजी पुरस्कार’बाट दुई दर्जनभन्दा बढी स्रष्टालाई सम्मानित गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहबीच ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’बाट विभिन्न सर्जक/स्रष्टालाई सम्मान गर्नुभएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान-२०७८’ गीतकार तथा नाट्यकर्मी मनबहादुर मुखिया, अग्रज गायिका दीपानारायण झा, वरिष्ट रेकर्डिस्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणिन्द्र राई, गीतकार बिके राना, संगीतकार तथा गायक कन्हैया सिंह परियार, गीतकारद्वय शुभ मुकारुङ र अमर बान्तुलाई सम्मानित गर्नुभयो ।

यसैगरी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार-२०७८’ संगीत गुरु चन्दन श्रेष्ठलाई प्रदान गरियो । समारोहमा ‘नातिकाजी पत्रकारिता पुरस्कार २०७८’ डब्बु क्षत्री र कुवेर गिरीलाई प्रदान गरिएको थियो । पुरस्कृतलाई ताम्रपत्रसहित जनही ११ हजार १११ रुपैयाँ प्रदान गरिएको थियो ।

‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार-२०७८’ गीतकारतर्फ एकनारायण भण्डारी, संगीतकारतर्फ कालीप्रसाद बासकोटा, गायकतर्फ राज सिग्देल र गायिकातर्फ माण्डवी त्रिपाठीलाई प्रदान गरिएको थियो । त्यस्तै, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार-२०७८’ गीतकारतर्फ देवेन गिरी, संगीतकारतर्फ दीपक शर्मा, गायकतर्फ कृष्ण काफ्ले र गायिकातर्फ अस्मिता अधिकारीलाई प्रदान गरिएको थियो ।

ADVERTISEMENT

त्यस्तै, ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ रविन कार्की ढली, ‘नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार’ देवी घर्ती र ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार-२०७८’ आशिष गौतमलाई प्रदान गरिएको थियो ।

यस्तै, नाजिकाजी स्मृति समाज र कोषका लागि आ-आफ्नो क्षेत्रबाट उल्लेख्य योगदान दिएको भन्दै प्रोडक्सन म्यानेजर सुवास काफ्ले, छायांकार तथा फोटो पत्रकार मनोज शाही, म्युजिक नेपाल र काठमाडौं महानगरपालिकालाई ‘विशिष्ट योगदान’स्वरूप कदरपत्रबाट सम्मानित गरिएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाली संगीत श्रीवृद्धिमा नातिकाजीको अतुलनीय योगदान रहेको स्मरण गर्नुभयो । नातिकाजी स्मृति समाज अध्यक्ष शम्भुजित बास्कोटाले अबका दिन नातिकाजीसहित उहाँका पुस्ताका संगीतकर्मीको नाममा सरकारले पुरस्कार स्थापना गर्नुपर्ने भनाइ राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *