रुविनाले हङकङको फेयर ब्रेक क्रिकेट खेल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले हङकङमा हुने दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टी–२० प्रतियोगिता खेल्नुहुने भएको छ । रुविनालाई द बर्मी आर्मी क्लबले रिटेन गरेको हो । गत वर्ष पनि रुविनाले उक्त क्लबबाटै खेल्नुभएको थियो ।

रुविनासँगै नेपालकी अर्की खेलाडी सीता रानामगरले टोर्नाडोस वुमेन्स क्लबबाट खेल्नुहुनेछ । उहाँलाई यसअघि नै क्लबले रिटेन गरिसकेको छ । गत वर्ष सीता सम्मिलित टोर्नाडोस च्याम्पियन बनेको थियो । त्यस प्रतियोगितामा सीताले ७ खेलमा ४ विकेट लिँदा २२ रन बनाउनुभएको थियो ।

ADVERTISEMENT

यसपटकको प्रतियोगिता आगामी अप्रिल ३ देखि १६ अप्रिलसम्म हुनेछ । रुविनाले घरेलु क्रिकेट प्रदेश १ र सीताले नेपाल एपिएफ क्लबको कप्तानी गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?