कविता : प्रीतकी राजधानी !

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
Read Time = 1 min

चपल नजर नाचे, चार भै यत्रतत्र ।
तब छिनछिन तिम्रै, चित्र नाच्छन् विचित्र ।।
नजर हतपतिन्छन्, हेर्न तस्वीर तिम्रा ।
हृदय खिचिरहेछन्, दिव्य शृङ्गार तिम्रा ।।

सुुमधुुर सुुर उस्तै, सिर्जनाका सुसेली ।
निकट नजर नाची, हान्न थाले गुलेली ।।
हररर अब तातो चल्न थाल्यो बतास ।
नव रङ बटुुलेकी, रेशमी छन् कपाल ।।

ADVERTISEMENT

मनमन धुुन बज्छन्, स्निग्ध सन्देश पाई ।
गजल जल बनेका, भाव माधुुर्य छाई ।।
हलचल मन पारिन्, बढ्न थाल्यो सुनामी ।
कसरी दिल समालौँ ? प्रीतकी राजधानी ।।
समाप्तम् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *