हसिम अमलाद्वारा सन्न्यास घोषणा

Read Time = 1 min

लण्डन । दक्षिण अफ्रिकाका पूर्वकप्तान हसिम अमलाले क्रिकेट खेल जीवनबाट सन्न्यास घोषणा गर्नुभएको छ । अमलाले ३९ वर्षको उमेरमा सबै खाले क्रिकेटबाट सन्न्यास घोषणा गर्नुभएको हो । अमला दक्षिण अफ्रिकाका लागि टेस्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुनुहुन्छ ।

ADVERTISEMENT

उहाँले १२४ टेस्टमा नौ हजार २८२ रन बनाउनुभएको छ । उहाँले २००४ देखि २०१९ सम्म दक्षिण अफ्रिकाका लागि खेल्दै १८ हजार ६७२ रन बनाउनुभएको छ । अमलाले दक्षिण अफ्रिकाका लागि १८१ एकदिवसीय अन्तर्राष्ट्रिय र ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?