काठमाडौं । संगम लिम्बू र कौशिला लिम्बूको स्वरमा रहेको गीत ‘आखुम आखुम’ सार्वजनिक भएको छ । गायक संगम लिम्बु कै शब्द, तारा प्रकाश लिम्बूको शब्द, सविन लिम्बुको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को सम्पादन रहेको छ भने भिडियो संगम लिम्बू युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक संगम लिम्बूका धेरै गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् ।






