नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

महोत्तरी । नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वर्दिबास नगरपालिका-४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाइ लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबास-१४ बस्ने २२ वर्षीय निरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप-महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दिपक राउत छन ।

पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको वहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ । ‘मलाइ उनीहरुले हात-हातमा लठ्ठी लिएर चारैतिरवाट घेरा हाले’, पिडीत महतोले भन्नुभयो, ‘उनीहरुले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए ।’

ADVERTISEMENT

आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्वीकार्नु पर्ने नत्र बर्दिबास बजार क्षेत्रवाट चोरी भएका मोटरसाइकलको मुद्दासमेत लगाउने त्रास समेत देखाएको पीडित महतोले वताउनुभयो ।

चोरी भएका मोटरसाइकल बिषयमा माथी खवर नगरी छाड्ने र त्यस्को वदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनीहरूले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउँदा उनीहरु फरार भएको पीडित महतोले प्रहरीलाइ बयान दिनुभएको छ । उनीहरुले महतोको साथवाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाइ उजुरी दिएको प्रहरीले जनाएको छ ।

उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँवाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिनुभयो ।

आरोपित ६ जनालाई नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरि हिरासतमा नै राखेर अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?