अभिनेत्री एवलिन फेरि आमा बन्दै

Read Time = 1 min

मुम्बई । ‘ये जवानी है दिवानी’ कि नायिका एवलिन शर्मा फेरि आमा बन्ने हुनुभएको छ । एवलिनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै आफू फेरि आमा बन्न लागेको जानकारी दिनुभएको हो ।

चलचित्र ‘ये जवानी है दिवानी’मा रणवीर कपुरसँग राम्रो क्यामेस्ट्रीपछि शर्माको तारिफ सबैतिर भएको थियो । एवलिनले मंगलबार घोषणा गर्नुभएको छ कि उहाँ र उहाँको श्रीमान् तुषान भिन्डी दोस्रो पटक माता-पिता बन्दै हुनुहुन्छ । उहाँले नोभेम्बर २०२१मा आफ्नो पहिलो बच्च अवा रानिया भिन्डीलाई स्वागत गरेको दुई वर्षपछि आफू फेरि आमा बन्दै गरेको घोषणा गर्नुभएको हो । इन्स्टाग्राममा एवलिनले आफ्नो ‘बेबी बम्प’सँगको तस्वीर पोष्ट गर्नुभएको छ ।

ADVERTISEMENT

एवलिन जर्मन मोडल हुनुहुन्छ । उहाँले ‘नौटंकी साला’, ‘यारियां’, ‘मैं तेरा हिरो’, ‘कुछ कुछ लोचा है’लगायत हिन्दी चलचित्रमा अभिनय गर्नुभएको छ । एजेन्सी ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?