वालिङ । आयोजक वालिङ फुटबल क्लब वालिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखरालाई १-० ले हराएर वालिङ अन्तिम चारमा पुगेको हो । वालिङको जितमा टिकराज गुरुङले ५६औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । अब वालिङले सेमिफाइनलमा एपिएफ क्लबको सामना गर्नेछ ।
वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । उपविजेताले दुई लाख ५० हजार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही सात हजार पाउनेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता