पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति परिवर्तन नेपालद्वारा समवेदना व्यक्त

Read Time = 3 mins

काठमाडौं । पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति परिवर्तन नेपालले समवेदना व्यक्त गरेको छ । परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ति प्रकाशित गर्दै आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको हो ।

चलचित्र कलाकार संघका उपाध्यक्षसमेत रहनुभएका निर्देशक निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माघ १ गते आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि २५ महिला, ३७ पुरुष, तीन बालक र तीन शिशुसहित ६८ जना यात्रुहरू र चालक दलका चारजना सदस्यसहित ७२ जना सदस्य बोकेर उडेको यती एयरलाइन्सको नौ एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको खबरले परिवर्तन नेपाल परिवार स्तब्ध भएका छौं’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । दुर्घटनामा परी ज्यान गुमाउन पुगेका मृतकका परिवारहरूलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था मिलाउँदै दुर्घटनाको कारण र यसलाई आगामी भविष्यमा नदोहोरिन दिन चाल्नुपर्ने कदमहरूको बारेमा तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहान्छौं ।’

ADVERTISEMENT

‘यस दुर्घटनामा जीवन गुमाउने हुने विमानमा सवार ५३ नेपाली, पाँच भारतीय, चार रसियन, दुई कोरियन, एक अर्जेन्टिनी, एक अष्ट्रेलियन, एक आइरिस र एक फ्रान्सेलीसहित चारजना चालक दलका सदस्यहरूको निधनप्रति परिवर्तन नेपाल परिवार श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *