बालकोटबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले भने : मन्त्रिपरिषदले आजै पूर्णता पाउँछ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान सुरु छलफल सकिएको छ । बालकोट ओली निवासबाट अहिले प्रधानमन्त्री प्रचण्ड बाहिरिनुभएको छ ।

बाहिरिने क्रममा प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने समेत बताउनु भएको छ । सञ्चारकर्मीको राखेको जिज्ञासामा छोटो प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको बताउँदै कांग्रेससँग पनि भोलि छलफल हुने बताउनु भयो ।

उहाँहरुबीच करिव पाँच घण्टा बालकोटमा छलफल भएको थियो । विहान १० : २० बजे बालकोट पुग्नुभएको प्रचण्डले ओली निवासमै लन्च गर्नुभएको थियो ।

ADVERTISEMENT

दुई नेताबीच मन्त्रिपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा वार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएकाे थियाे । तर, पोखरामा यती एयरको विमान दुर्घटना भएपछि मन्त्रिपरिषद् बिस्तार रोकियो । सोमबार मन्त्रालय भागवण्डा टुंग्याएर मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा सत्तारुढ गठबन्धन छ ।

प्रधानमन्त्री दाहालले मंगलवार कांग्रेससहित सर्वदलीय बैठक बोलाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?