काठमाडौं । रचना रिमाल र भीम दोर्जे तामाङको स्वर रहेको गीत ‘दिलराजा’ सार्वजनिक भएको छ । रमेश दर्नालको शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । काठमाडौंको चोभार, कपन, भद्रकालीलगायत स्थानमा छायांकन गरिएको भिडियोमा गरिमा शर्मा र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथि कलाकारको रूपमा देखिनुभएको छ ।
शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गर्नुभएको हो भने सम्पादन विकाश दाहालको छ । यसको निर्माण दीपखुशी लामाले गर्नुभएको हो । भिडियो निर्मात्री लामाकै अफिसियल युट्युब च्यानलमार्फत बजारमा आएको हो ।






