परशुरामधाममा माघी मेला

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins

डडेल्धुरा । महाकाली नदीय तटमा अवस्थित प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा आइतबार ठूलो मेला लाग्ने भएको छ । डडेल्धुरा सदरमुकामबाट करिब एक सय किलो मिटर दूरीमा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थ परशुरामधाममा शनिबारबाटै चहलपहल बढेको छ भने आइतबार अथवा माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरि मेला हुने गर्दछ ।

हैयेयवंशि क्षेत्रीयहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षेत्रीयहरूको अत्याचार कम गर्न क्षेत्रीय विनाश गरेको एक्काईस पटक पृथ्वीको परिक्रमा गरी पृथ्वीलाई क्षेत्रीविहीन गरेपछि भगवान् विष्णुको छैटौं अवतार मानिने परशुरामले सरयु अथवा श्यामा महाकाली नदीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको संस्कृतिविद्को भनाइ छ ।

महाकालको जटाबाट निस्केको मन्दाकिनी महाकाली नदीमा स्नान गर्नाले गंगा स्नानको भन्दा दश गुणा बढी पुण्य प्राप्त हुन जाने, परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले सय कुल विष्णु लोक जाने तीन लोकमा अति नै पवित्र तीर्थको रूपमा मानिने भएकाले यहाँ सुदूरपश्चिमका नौ जिल्लालगायत भारतको उत्तराखंडका विभिन्न स्थानबाट स्नान गर्न भक्तजन आउने गर्दछन् ।

ADVERTISEMENT

परशुरामका पिता जमदग्नीले तपस्या गरेको र परशुरामलाई चिरञ्जीविको वरदान दिइएको भगवान परशुरामले शिवजीको कठोर तपस्यापछि फर्सा (परशु) प्राप्त गरेको, भगवान् परशुरामले आफ्नो फर्साले कुण्ड निर्माण गरेको फर्सा वरदान पाएको तीर्थ भएकाले तथा फर्सा बोकेका राम भगवान् भएकाले फर्सा रामबाट फर्सनान हुँदै अप्रभंश भई परशुराम हुन गएको स्थानीय श्रुति पाइन्छ ।

धार्मिक सांस्कृतिक सामरिक सामाजिक र पर्यटकिय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रंगुन उपत्यकाको महत्वपूर्ण तीर्थस्थल परशुरामधाम स्वेदेशीहरूका लागि मात्र नभएर छिमेकी मुलुक भारतका तीर्थयात्रीहरूका लागि पनि प्रशिद्ध तीर्थस्थल हो । महाकाली गंगास्नानमा तीर्थयात्री भक्तजनमात्र नभई विभिन्न देवस्थल र मन्दिर भण्डारबाट देवी देवताका प्रतीक मानिने देउरो स्नान गराई ग्रहण दोषबाट शुद्ध गराउने प्रचलन छ । पछिल्लो समय परशुराम नगरपालिकाकोतर्फबाट यस क्षेत्रको प्रचारप्रसारका लागि तीर्थ परिसरमा परशुराम भगवानको विशाल मूर्ति निर्माण गरिएपछि आन्तरिक तथा बाहृय पर्यटन वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?