गुल्मी । गुल्मीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । विहीबार जिल्लाको मालिका गाउँपालिका वडा नं-३, ह्वाङ्दीका ७० वर्षीय नन्दे विक मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार बिहान अन्दाजी ५ :०० बजेको समयमा सोही गाउँपालिकाको वडा नं-२, दर्लिङमा रहेका आफ्ना भतिजको घर भेटघाटका लागि गएका विक साँझ ४:३० बजे त्यहाँबाट फर्किएका थिए। साँझसम्म घरमा नआएको कारण आफन्तीहरू मिलि खोजतलास गर्दै जाँदा उनी मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार खोजतलास गर्दै जाँदा पासे जाने पासेखोलास्थित कच्चि मोटरबाटोबाट अन्दाजी ३०० मिटर तल मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठको कमाण्डमा ५ जनाको टोली उक्त स्थानतर्फ लागेको उहाँले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts