इटहरी । विभागीय टोली एपिएफ क्लब र लुम्बिनी प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छ ।
शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराउँदै एपिएफले सुखद सुरुवात गरेको हो । गण्डकीले दिएको ५२ रनको लक्ष्य एपिएफले आठ ओभर चार बलमा तीन विकेट गुमाएर पूरा गर्यो ।
एपिएफको जितमा कप्तान सीता राना मगरले अविजित १९, रोमा थापाले अविजित १४ रन, ज्योति पाण्डेले आठ रन बनाउनुभयो । गण्डकीकी सृष्टि जैसीले तीन विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा सात विकेट गुमाएर ५१ रन जोडेको थियो । गण्डकीकी कप्तान सृष्टि जैसीले १४ रनबाहेक अन्यले सम्झन लायक प्रदर्शन गर्नुभएन । एपिएफकी सुमन विष्टले तीन विकेट हात पार्नुभयो ।
यस जितसँगै एपिएफले पहिलो खेलमा दुई अंक जोडेको छ । एपिएफ समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । यस्तै, दिउँसो भएको अर्को खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले हराएको छ । लुम्बिनीले दिएको १४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली १८ ओभर एक बलमा अलआउट हुँदै ४९ रनमा समेटियो ।
कर्णालीकी यमुना थारुले १३ र किरण कुँवरले १० बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सक्नुभएन । लुम्बिनीकी कृतिका मरासिनी र मधु डिसीले तीन–तीन विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर १४७ रन जोडेको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३३, सरस्वती पुनले ३० र आश्मा पुलामी मगरले १४ रन जोड्नुभयो । कर्णालीकी यमुना थारु र बिना थापाले दुई-दुई विकेट लिनुभयो । जितसँगै लुम्बिनीले एक खेलमा दुई अंक जोडेको छ । लुम्बिनी समूह ‘बी’ को शीर्षस्थानमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा