हलिउड गिटारवादक जेफ बेकको निधन

Read Time = 1 min

एजेन्सी/हलिउड गिटारवादक जेफ बेकको निधन भएको छ । संगीत क्षेत्रमा ‘गिटार गड’ भनेर चिनिने हलिउड गिटारवादक जेफ बेकको ७८ वर्षको उमेरमा निधन भएको हो । जेफको आधिकारिक वेबसाइटले उहाँको निधनको बारेका पुष्टि गरेको हो ।

जेफको निधनको कारण ब्याक्टेरियल मेनिन्जाइटिस रहेको पारिवारिक स्रोतले जनाएको छ । इंल्याण्डमा जन्मिनुभएका जेफले सन् १९६० मा सुपरग्रुप द यार्डबर्ड्समार्फत रक एण्ड रोल स्टारडमको सुरुवात गर्नुभएको थियो ।

ADVERTISEMENT

जेफको वास्तविक नाम ‘जेफ्री अर्नोल्ड बेक’ हो । उहाँले एकल अभिनयको रूपमा दुई हिट एल्बमहरू सन् १९७५ र १९७६ मा रेकर्ड गराउनुभएको थियो । यस्तै, उहाँले धेरै कलाकारसँग पनि रेकर्ड गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *