कराँते टोली बंगलादेश प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । यही जनवरी १३ देखि सुरु हुन गइरहेको चौथो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता-२०२३ मा सहभागी हुन नेपाली कराँते टोली बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराँते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपांगी (ईश्वर) ले गर्नुहुनेछ भने टिम व्यवस्थापकमा नेपाल सितोरियो कराँते संघका कार्यालय प्रमुख राजेन्द्रकुमार क्षेत्री, टिम कोचमा रामकुमार थारु, रेफ्रीमा साइला गमाल र अफिसियलमा पुष्पराज गिरी रहनुभएको छ ।

ADVERTISEMENT

खेलाडीहरूमा राजनकुमार पाइजा, लक्ष्मण पुन, बिजल पाइजा, गणेश पाइजा, सिताराम लामा, अमृत लामा, तेजिन्द्र पाइजा, मन्दिप खड्का, देवकुमार तामाङ, श्रीकिशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्काले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोलीलाई नेपाल कराँते महासंघका कार्यवाहक दावा गुरुङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *