रचना र भीमको ‘दिलराजा’मा गरिमा र सुधिरको अभिनय

Read Time = 1 min

काठमाडौ‌ । गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको छ । काठमाडौंको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ ।  गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथि कलाकारको रुपमा छन् ।

ADVERTISEMENT

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

https://www.youtube.com/watch?v=Jalnz8gegxc

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *