गोलरक्षक श्रेष्ठ मच्छिन्द्रबाटै खेल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय टोलीका गोलरक्षक विशाल श्रेष्ठले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबबाटै ‘ए’ डिभिजन लिग खेल्नुहुने भएको छ । मच्छिन्द्रले बुधबार सामाजिक सञ्जालमार्फत् गोलरक्षक विशालसँगको सम्झौता नवीकरण गरिएको जनाएको हो । यसअघि मच्छिन्द्रले राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर देवेन्द्र तामाङसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

ADVERTISEMENT

मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्ध गरिसकेको छ । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । त्यसबाहेक नवप्रवेशी क्लब एफसी खुमलटारले चार खेलाडीसँग सम्झौता नवीकरण गरेको छ । खुमलटारले डिफेन्डर आशिष श्रेष्ठ, डिफेन्डर आशिष सुनाम, दिवस छन्त्याल र अजित लामाको सम्झौता नवीकरण गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?