काठमाडौं । बसुन्धारास्थित एक्टिभ एकेडेमीले कराँते खेलाडी सुमन तिमल्सिनालाई स्पोर्ट्स ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । एक्टिभका अध्यक्ष प्राडा गोपीलाल न्यौपाने र प्रिन्सिपल लक्ष्मण घिमिरेले सुमनलाई एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गर्नुभयो ।
अध्यक्ष न्यौपानेले कराँते खेलमार्फत् राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै एकेडेमीको खेलकुदलाई प्रवद्र्धन गर्न सुमनले विशेष योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सुमनले ब्राण्ड एम्बासडरमा नियुक्त गरेकोमा एक्टिभ परिवारलाई धन्यवाद दिँदै एक्टिभलाई खेलकुदमा अझ चलायमान बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । सुमनले एक्टिभमा खेलाडीलाई छात्रवृत्ति र विशेष छुटमा अध्ययनका लागि पहल गर्ने बताउनुभयो ।
सुमनले बंगलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली कराँतेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय कराँतेमा स्वर्ण, भारतमा भएको छैटौँ एसियाली गोजुरियो कराँतेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराँतेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन कराँतेमा स्वर्ण तथा टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ कातामा स्वर्ण जित्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts