भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्वर १ कुलुङका ८९ बर्षिय ज्येष्ठ नागरिक शुवकबहादुर राई खुशी देखिनु भयो । कारण थियो उहाँलाई गाउँमै आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले न्यानो कपडा ज्याकेट लगाई दिनु भयो ।
उहाँ मात्र होइन गाउँपालिकाले आफुहरुलाई न्यानो कपडा बितरण गरेकोमा सहभागी अन्य ज्येष्ठ नागरिकहरु पनि खुशी देखिनुभएको थियो । गाउँपालिकाले जाडोको मौसममान्यानो कपडा बितरण गरेकोमाखुशीहुदै शुवकले भन्नुभयो, “ज्येष्ठ नागरिकहरुका लागि पनि न्यानो कपडा बितरण गर्दे आँखा शिविर समेत संचालन गरेकोमा हामी खुशी छौ ।”पालिकाले कपडासहित निशुल्क आँखा शिविर समेत संचालन गरेको हो ।
८० बर्षका भीमबहादुर राई मात्र होइन गाउँपालिका अध्यक्षबाट नै न्यानो कपडा पाएकोमा ८५ बर्षका खडगबहादुर रोका, ८४ बर्षिया थाप्लीमाया राई, ८२ बर्षिया मनमाया राउत पनि खुशी देखिनु हुन्थ्यो । गाउँपालिकाले आफनो पालिकाभित्रका ७१ जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको गाउँपालिकाले जनाएको छ ।
कुलुङ स्वास्थ्यचौकीमा ज्येष्ठ नागरिकहरुलाई आँखा तथा कान उपचार केन्द्र भोजपुरको समन्वयमा शिविर संचालन भएको छ । आँखा शिविरमा एक सय एक जनाले सेवा लिनु भएको छ । जसमा ३५ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नु पर्ने देखिएकाले छनौट गरिएको छ भने ३० जनालाई चस्मा समेत बितरण गरिएको छ । पालिका भित्रका नागरिकको सेवाका लागि आफुहरु निरन्तर लागि परेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements