वृद्धाश्रमलाई राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सहयोग

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन वृद्धाश्रम नेपाल’मा आश्रित वृद्धवृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा वृद्धाश्रममा आश्रित वृद्धवृदालाई न्यानो कम्बलसहित खाद्यान्न, फलफूल र नगदसमेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट वृद्ध उमेरका बुबाआमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरूप उक्त सहयोग गरिएको हो । कला क्षेत्रका विभिन्न विधामा सक्रिय स्रष्टा तथा प्रस्तोता आबद्ध रहेको एकेडेमीले उक्त अवसरमा विविध सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेको थियो । कलाकारहरूले भजन गाउन थाले पनि वृद्धाश्रम आश्रित बुबाआमाहरूले नाचगान गर्दै रमाइलो गरेका थिए ।

कला क्षेत्रका विभिन्न विद्यामा आबद्ध संगीतकर्मीको हकहितका लागि संस्था स्थापना भए पनि सामाजिक कार्यमा समेत सक्रिय रहने उद्देश्य अनुसार आफूहरूले पहिलो काम नै वृद्धाश्रमलाई सहयोग गरेको प्रतिष्ठानका महाचिव दीपक शर्माको भनाइ छ ।

ADVERTISEMENT

नौ वर्षअघि स्थापना भएको वृद्धाश्रममा हाल १२ जनाले आश्रय लिइरहेका छन् । आमाहरूका लागि मात्र भनेर सञ्चालन गरिएको आश्रममा हाल भने एकजना बुबालाई पनि आश्रय दिइएको सञ्चालक धनराज भडेलले जनाउनुभयो । १३ वर्षकै उमेरमा आमा गुमाउनुभएका धनराजले आमा गणेश कुमारीको सम्झनामा यो वृद्धाश्रम सञ्चालन गर्नुभएको हो ।

धनराजले आश्रमलाई सहयोग गरेकोमा प्रतिष्ठानप्रति आभारसमेत व्यक्त गर्नुभएको छ । कलाकारहरू आएर नाचगानसहित आमाबुबालाई मनोरञ्जनसमेत प्रदान गरेको भन्दै उहाँले बुद्ध बुबाआमाको ओठमा खुशी ल्याउने यस्तो कार्यले आफूलाई थप ऊर्जा मिलेको बताउनुभयो ।

सहयोग हस्तान्तरणका लागि प्रतिष्ठानका अध्यक्ष बजगाईं, महासचिव शर्मा, सचिव सुजाता केसी, कोषध्यक्ष नारायण थापासहित सदस्य रीता केसी, बेनिशा पौडेल, माइकल चन्द, मनोज परियार, सविन सुवेदी, प्रतीक्षा काफ्ले, उत्तम अधिकारी, भद्र ओली, शीलन लम्साल, पुस्कर सुनुवारलगायत कलाकर्मी उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *