यात्रा संस्मरण : मत्स्यपोखरीदेखि मुक्तिनाथसम्म

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 15 mins

✍️ ताराबहादुर बुढाथोकी

११ गते :
हिजो दिदीको घरबाट भाइटीका लगाएर आएको । बिहान ५ बजे नै तयारी भएर लभिङ हिल उक्लिएँ । ६ बजे गाडी आइपुग्यो । प्रधानअध्यापक वीरबहादुर राई सपत्नी, शिक्षक डोलनाथ नेपाल, सीता भट्टराई र अनिता कार्की लक्ष्मी आउनुभयो । भ्रमणको आरम्भ नै अनौठो भयो । हामी कसैले दम्पती नलाने गरी भ्रमण आचारसंहिता बनाइएका थियौँ । प्रधानाध्यापकले नै यो नियम उल्लंघन गर्नुभयो । आठ दिनसम्म गरिने यो भ्रमणमा सँगै जाने रहर कुन पति वा पत्नीको हुँदैन र ? मेरी धर्मपत्नीले पनि जाने तीव्र इच्छा गरेकी थिइन् ।
मैले प्रअलाई सोधेँ–‘कसरी तपाईंका त मेडम पनि हुनुहुन्छ त ?’ उनले निकै हलुका उत्तर दिए ‘भान्जीहरूले खोइ के गरेको हो ?’ उनका को भाञ्जीहरू थिए ? तर हाम्रा स्टाफ मित्र वसन्त कार्कीको खुट्टा भाँचिएर एक सिट खाली थियो, तारानाथकी हजुरआमा मरेर एक सिट खाली रहेछ । स्पष्ट यो कुरा पनि भनेनन् उनले । मलाई भने सुरुमै नमिठो भयो । सँगैको साथीले स्वास्नी लिएर जाँदा आफूले नलाँदा मेरी बुढीलाई कस्तो होला ?

नजाऊँ कि वा बोलाऊँ कि । यस्तो लाग्यो । यो भ्रमण मलाई सुरुमै खाऊँ भने कान्छा बाउको अनुहार नखाऊँ भने दिनभरिको सिकार भयो । बोलाऊँ सल्लाह र तयारी छैन नबोलाऊँ फलानाले स्वस्नी लाँदा तैँले लान किन हुँदैन ? भनेर रिसाउने पिर । अलि तल पुगेपछि शेरबहादुर पराजुली सर पनि पत्नी सुशीलासहित चढ्नुभयो । पीडा त झन् थपियो । इटहरी पुगेपछि अर्चना थापा नाम गरेकी गाडीवालाकी भाञ्जी चढिन् । बल्ल थाहा भयो विद्यालय अध्यक्ष विश्व बज्राचार्यको सिट पनि खाली नै रहेछ । हेडसरले यति कुरा मलाई भनेका थिए भने म यो सिटमा मेरी पत्नी लान्थेँ । यस्तो लाग्यो ।

हामी राता टोपी लगाएर खान खाने ठाउँमा पुग्यौँ । साथीहरूले पालैपाले रातो टोपी लगाएर फोटो खिच्नुभयो । मैले भने-‘कार्यक्रम क्यान्सिल नगरेको भए हामी सबैका शिरमा मिथिला नगरीको पहिचान रातो टोपी हुन्थ्यो नि ।’

मैले मित्र रमेशलाई भने-‘कसैको परिवार जाने कसैको नजाने हुँदा मजा भएन, म जान्न ल ।’ उनले हाम्री पनि त रहर गर्दैथिई । दुईजनाले लगे पनि हामी ३० जना त एक्लै नै छौँ नि । हिँडेको यात्राबाट फर्कनु हुँदैन’ भनेर मलाई रोक्नुभयो । प्रायः सबैलाई एक्लै जानुपर्दा र दुईजनाले दम्पती लिएर जाँदा यस्तै लागेको रहेछ । बाटो लाग्दाको अनुभूति यही रहृयो । मनबाट आँखा हुँदै हाम्फाल्न खाजेको आँसुलाई यो स्कुल स्टाफको भ्रमण हो भन्ने चेतन सन्देशले रोकेर पश्चिम हुइँकियो ।

जनकपुरमा पुगेर गंगा आरती हेर्ने र डा.राजेन्द्र बिमललगायत जनाकपुरे कवि स्रष्टाहरूसँग साहित्यिक जमघट गर्ने प्लान थियो । हुन त यो विद्यालयको शैक्षिक भ्रमण थियो । यसलाई साहित्य र संस्कृतिको त्रिवेणी बनाएर जाने सामन्य कुरा त मैले अफिसमै राखेको थिएँ । तर, कृष्ण मनकामना तीर्थयात्रा नाम गरेको गाडी नै ढिलो कुद्यो कि जनकपुर नै हामीदेखि भाग्दै भाग्दै टाढियो । सिरहाको छातीमै रात प¥यो । बाटामा साहित्यिक जमघटको योजना बारे कुरा राख्दा प्रअको आवाजमा अमिलो मिसियो ।

उता जनकपुरका सबै आदरणीय स्रष्टा साथीहरू मैथिली आदिकविको ३५ वटा राता टोपी किनेर हामीलाई पत्रकारसहित पर्खिरहेथे । यता हाम्रो गाडीको व्यवस्थापक खाना जनकपुरमा खुवाउने कि बर्दिबासमा टुंगोमा पुगिरहेका थिएनन् । हेडसरलाई छिप्पिँदो रात, बेटुङ्गे भात र साहित्यको साथले झन् रन्काउँदै थियो । मन्दिरमा बोलाउनुस् भन्ने साथीहरू । पत्नी मरेर विधुर बनेका बिमल सर मन्दिर नजाने कुरामा । हेडसरले भ्याट्टै भने, ‘तपाईं अव्यवाहारिक मान्छे । रात प¥यो क्यान्सिल भन्दिनुस् ।’ मैले क्यान्सिल त भन्दिएँ तर सबै शिक्षक नआउने हामी साहित्यमा रुचि राख्नेहरूमात्र आउने भन्दिएँ । बिमल सरले पत्रकार तथा अन्य स्रष्टाहरू फिर्ता पठाइदिनु भएछ । कार्यक्रम क्यान्सिल भयो तर भेटघाट गर्ने कुरा क्यान्सिल गरिन ।

साढे आठमा मात्र मन्दिर पुग्यौँ । पगला बाबाको धर्मशालामा खाना बनाउने कुरा बल्ल फिक्स भयो । एक घण्टा समय त रहृयो तर कार्यक्रम क्यान्सिल भएकाले सबैलाई जाऊँ भन्ने कुरा आएन । सुलोचना दिदी, भरत कुलुङ र राधा दिदीलाई सिटी सफारीमा राखेर लगेँ । स्रष्टाजीहरू फर्काए पनि तयारी सबैका लागि रहेछ । भलाकुसारी पछि एक–एकवटा पहिचान पगरी लगाइदिनु भयो । चिया पिलाउनु भयो । फोटो सेसन भयो । मैले पनि मेरो बाउ पुस्तक र एटा रुद्राक्ष मालाले साम्मान गरेँ । कुरा महान् हुँदै थिए तर समयले धपाइरहेथ्यो ।

ADVERTISEMENT

हामी राता टोपी लगाएर खान खाने ठाउँमा पुग्यौँ । साथीहरूले पालैपाले रातो टोपी लगाएर फोटो खिच्नुभयो । मैले भने-‘कार्यक्रम क्यान्सिल नगरेको भए हामी सबैका शिरमा मिथिला नगरीको पहिचान रातो टोपी हुन्थ्यो नि ।’ साथीहरूले पश्चाताप गरेजस्तो पनि गरे । वीरहादुरजीले भने पनि–गएर आउनुभयो अनि । एउटा ट्याक्सीमा त मैले तीन सय तिरेर लगेँ । हिँडेर जान कोही तयार नभएपछि सबैलाई ट्याक्सीमा लाने बुता भएन । हिँडेर जाँदा पनि पाँच मिनेटभन्दा बढी नलाग्ने नै रहेछ तर नदेखेको ठाउँ लाने मान्छे थिएनन् ।

जसरी भए नि शैक्षिक भ्रमणमा साहित्यको पाटो थप्न सफल भएको महसुस गरेँ । मन्दिर त के हेर्नु थियो र ? भाइटीकाको भोलिपल्ट भएकाले बत्तीको झिलिमिली थियो । भजन कीर्तन थियो । गंगा आरती त पाँच बजे सुरु भएर सात बजे सकिने नै हो । जानकी मन्दिरलाई नौलाखा मन्दिर पनि भनिन्छ । नेपालको धनुषा जिल्लामा अवस्थित यो मन्दिर भारतको टिकमगडकी महारानी बृष भानुकुमारी देवीले १९११ मा बनाएकी थिइन् । मुगल र हिन्दू वास्तुकलाको मिश्रित शैलीमा ढुंगा र संगमर्मरबाट बनेको छ । राम जानकी विवाह मण्डप पनि भनेर चिनिने यो मन्दिर रामायणको कथाअन्तर्गत राजा जनक, सीता र राम पात्रसँग सम्बन्धित छ ।

भेट्ने इच्छा त एसपी लेखनाथ खनालले पनि गर्नुभएको हो । उहाँ हिमाविकै पूर्वविद्यार्थी, अहिले बर्दिबासमा एसपी । मसँग समन्वय गरेर राति दश बजेसम्म भेट्न चाहनुभएको थियो तर बर्दिवास पुग्दा साढे एघार बज्ने निश्चित देखियो । साहित्यिक भेटघाटको सल्लाहमा हेडसरको अरुचि र परिस्थितिको प्रतिकूलताले झ्याइँकुटी पारेको तीतो अनुभवलाई उपयोग गरेर नभेटौँ भनिदिएँ । झ्याम्म फोन स्वीचअफ गरेर मुख छोपेर निदाएँ । बिहान पाँच बजेतिर निन्द्रा खुल्दा बसले नवलपुरको शाश्वत धाम पु¥याइसकेको रहेछ । उठेर नुहाई धुवाइपछि शाश्वत धाम छिरौँ भनेको त सात बजेअघि ढोका खोल्ने रहेनछ ।

१२ गते :
ढोका नखोलेपछि चिया पिइयो । फेरि नुहाएर शाश्वत धाम छिरियो । नवलपुर जिल्लाको देवचुलीमा पूर्वपश्चिम राजमार्गमा रहेको छ शाश्वत धाम । धाममा भगवान शिवको मन्दिर र गुरुकुल विद्यालय छ । मन्दिरभित्र योग र ध्यानको केन्द्र रहेछ । सिजी ग्रुपले बनाएको भनिए पनि केही बिघा जग्गामा उद्योपति विनोद चौधरीले बाउका नामा बनाइदिएको धाम रहेछ । धाम भन्नुमात्र मलाई त धाम जस्तै लागेन । धाममा छिरेपछि त आत्ममा नै ईश्वरको बास हुन्छ । सत्यम् शिवम् र सुन्दरम् हुन्छ । यहाँ त भात पर्खिने मेलो मात्र भयो र सबै बनावटी, प्राकृतिक संरचना केही थिएनन् ।

मेरो गतिविधि कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर नै भयो होला तर शिक्षकहरूको शैक्षिक भ्रमणको स्वागत पनि त हुन्थ्यो । साहित्य जोडिन्थ्यो पनि । यसपटक हेड सरले लुम्बिनी भ्रमणलाई बाधा नपर्ने गरी २० मिनेट है भन्नुभयो ।

तै एउटा राधाकृष्णको भारतीय शैलीको मन्दिर, गोपिनी र कृष्ण नाचेको मूर्तिहरू, कालिनाग दमन गरेको मूर्ति, कृष्णले हाँकेको रथ, घोडा र गाण्डिब धनु उचालेर युद्ध गर्ने तयारीमा रहेको सुनौलो तस्वीर यस्तै । खास त लागेन तर पनि मान्छेले हेरून् भनेर बनाइदिएको कुराभित्र पसेपछि किन नहेर्ने ? मलाई त प्राकृतिक कुरा त चहुरमात्र लाग्यो, चहुरमा बसेर फोटो खिँच्दै थिएँ । चौकिदार करायो भनेर डोलानाथ सर फुत्त निस्कनुभयो म पनि निस्केँ । सरासर बाहिर नै निस्केँ । खाना बनाइसकेका रहेछन् । आज ‘दहीको भाइ मोहीको दाजु पखाले खाने’ भनेर पखाले दिए । बस चढेर बाटो लाग्यौँ । राज्य पुनरर्संरचना गर्दा नवलपरासीलाई दुई भागमा बाँढे । पूर्वी परासी काटेर पश्चिम परासी लागियो ।

भैरहवाको सिद्धार्थ साहित्य प्रतिष्ठानका अध्यक्ष डिलदयाल भट्टराई र प्रश्रित प्रतिष्ठानका अध्यक्ष डा.कपिलदेव लामिछानेसँग सम्पर्कमा थिएँ । सिद्धार्थ चोकमा भेटघाट कार्यक्रम तय भयो । हेडसर र गाडीवालसँग कुरा मिलाउनै गाह्रो । हुन त मेरो गतिविधि कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर नै भयो होला तर शिक्षकहरूको शैक्षिक भ्रमणको स्वागत पनि त हुन्थ्यो । साहित्य जोडिन्थ्यो पनि । यसपटक हेड सरले लुम्बिनी भ्रमणलाई बाधा नपर्ने गरी २० मिनेट है भन्नुभयो । नभन्दै सिद्धार्थ चोकमा गाडी रोकियो । हामी सडक पेटीमा उभियौँ ।

साहित्यकारहरू एक, दुई, तीन, चार गर्दै बाटैमा छोपेर सिद्धार्थ साहित्य समाजका अध्यक्ष डिल्लीराज भट्टराई, प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्राडा कपिल लामिछाने, सिर्जनशील साहित्यिक समाजका अध्यक्ष कमल पोखरेल, शहीद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवाली, विजयसागर, रामबहादुर श्रेष्ठ, लक्ष्मीप्रसाद अधिकारी, शशि पन्थी, नारायण भण्डारी, सीता काफ्ले, सिर्जना खनाल, राजेश चौधरी, राधा भट्टराई प्रभृति स्रष्टाहरू आएर पुस्तक आदिबाट स्वागत भयो । हामीले बाउ पुस्तक र रुद्राक्षको मालाले सम्मान गर्‍यौँ । क्रमशः
(बुढाथोकी मकालु साहित्य समाजको अध्यक्ष हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *