मुम्बई । अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको अढाई वर्ष बढी भइसकेको छ । तर उनी बस्ने बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली नै थियो । आफ्नै फ्ल्याटमा मृत सुशान्त मृत भेटिएपछि उनी बस्ने फ्ल्याटमा कोही पनि बस्न मानेका थिएनन् ।
तर अब भने उनको फ्ल्याट किन्न एक भाडावाल भेटिएका छन् । मुम्बईमा रहेको रियल स्टेट ब्रोकर रफीक मर्चेन्टका अनुसार एक व्यक्तिले मासिक पाँच लाख रुपैयाँ भाडा तिर्ने सर्तमा फ्ल्याटमा बस्न तयार भएका छन् । पाँच लाखका अलावा भाडावालले ३० लाख रुपैयाँ सुरक्षा पनि जम्मा गर्नुपर्ने हुन्छ ।
‘हामीले एक भाडावाल पाएका छौं । हामी सबै कुरालाई अन्तिम रुप दिन परिवारका साथ कुराकानी गरिरहेका छौं । कुराकानी अन्तिम चरणमा छ, रफीकले भनेका छन् ।
रफीकले दुई महिनाअघि सामाजिक सञ्जालमा एक भिडियो राख्दै सुशान्तको बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली भए पनि कोही त्यो कोठामा बस्न नमानेको बताएका थिए । ‘यो फ्ल्याटको विगत सुन्दा जोकोही डराएका छन् । फ्ल्याटका मालिक फ्ल्याट बिक्री होस् भनेर कुनै कसुर पनि बाँकी राखेका छैनन्’, भिडियोमा उनले भनेका थिए, ‘फ्ल्याट मालिकले यो फ्ल्याट कुनै पनि फिल्मस्टारलाई दिन चाहँदैनन् ।’
सुशान्तले सन् २०२० को जुनमा यही फ्ल्याटमा आत्महत्या गरेका थिए । उनको निधनपछि यो कोठा खाली थियो । समुद्री किनारमा रहेको यो अपार्टमेन्टको फ्ल्याटमा चार कोठा छन् । जसमा एक ठूलो हल र एक चित्र कोठा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts