मनाङको प्रशिक्षकमा श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबले किरण श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मनाङले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

शहीद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा मनाङले मुख्य प्रशिक्षक नियुक्त गरेको हो । ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । मनाङ ए डिभिजन लिगमा कीर्तिमानी आठ पटकको च्याम्पियन हो ।

ADVERTISEMENT

अनुभवी प्रशिक्षक किरणले नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक भएर काम गरिसक्नुभएको छ । यसअघि मनाङको प्रशिक्षकत्व विदेशी प्रशिक्षक तोपे फुजाले सम्हाल्दै आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?