गाउँघरमै सेवा दिन याङवरकमा आँखा उपचार केन्द्र स्थापना

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 4 mins

पाँचथर । गाउँघरमै सेवा दिने उद्देश्यले पाँचथरको याङवरक गाउँपालिकामा पहिलोपटक आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

याङवरक गाउँपालिका र नेत्रज्योती संघ ताप्लेजुङको सहकार्यमा पालिकाको केन्द्र थर्पु स्थित सामुदायिक स्वास्थ्य इकाईको भवनमा आईतबारदेखी आँखा उपचार केन्द्र संचालनमा आएको हो ।

आँखा उपचार केन्द्रको पाँचथरका संघिय सांसद बसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा वोल्दै नेम्बाङले गाउँघरमै यो शिविर संचालन गर्न सफल भएकोमा आयोजक टिमलाई धन्यवाद दिँदै उदाहरणिय कार्य भएको प्रति प्रशंसा गर्नुभयो ।

केन्द्रको उद्घाटन सँगै दुई दिने निशुल्क आँखा शिविर समेत संचालन भएको छ । शिविरको पहिलो दिन २ सय ११ जना सेवाग्राही लाभान्वित भएका छन् । जसमध्ये १० जनाको मोतिया विन्दूको अप्रेशन भएको छ भने २ सय १ जनाको आँखा चेकजाँच,चस्मा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम पाण्डेले बताउनुभयो । गाउँपालिकाले ५ सय जना जनालाई सेवा दिने तथा जसमध्ये १ सय जनाको मोतिया विन्दूको अप्रेशन हुने अपेक्षा गरेको छ ।

ADVERTISEMENT

आँखाको उपचारका लागि तराईका सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने यस क्षेत्रका नागरिकहरुकाे मुख्य समस्या भएको हुँदा गाउँघरमै आँखा शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष भीम बहादुर योङयाले बताउनुभयो ।

आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि पाँचथरको याङवरकसहित हिलिहाङ र फालेलुङ तथा ताप्लेजुङका सिरिजंगा र सिदिङमा गाउँपालिकाका बिरामी प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङबोले बताउनुभयो ।

सामुदायिक स्वास्थ्य भवनमा संचालन भइरहेको शिविर पश्चात पनि आँखा उपचार केन्द्रमा एकजना नेत्र सहायकसहित २ जना कर्मचारीले नियमित आँखा जाँच र उपचारको सेवा दिने गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सुमन लिङदेनले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, गाउँपालिका अध्यक्ष योङया, नेपाल नेत्र ज्योति संघका अध्यक्ष डा.चेतराज पन्त, हिलिहाङ गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी, पाथिभरा याङवरक गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बा, प्रमुख जिल्ला अधिकारी गणेश गैरे, नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका अध्यक्ष खगेन्द्र अधिकारी, याङवरक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीरमण पाण्डे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?