नाट्यश्वर म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई मनोनयन प्रमाण पत्र प्रदान

Read Time = 2 mins

काठमाडौं । नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट पाँचलाई मनोनयन प्रमाण पत्र प्रदान गरिएको छ । विगत दुई संस्करण भव्य र सभ्य रूपमा विशेष समारोहबीच सम्पन्न भएको यस अवार्डको तेस्रो संस्करणका उत्कृष्ट पाँच मनोनयनलाई संघीय राजधानी काठमाडौंमा एक विशेष समारोहबीच प्रमाण पत्र प्रदान गरिएको हो ।

अवार्डमा विसं २०७७ असार देखि ०७९ असार मसान्त सम्मका गीतबाट आवेदन दिएका गीतमध्ये उत्कृष्ट पाँच मनोनयन केही दिनअघि सार्वजनिक गरिएको र शुक्रबार प्रमाण पत्र प्रदान गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अर्जुन नर्सिङ केसीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमा विशेष अथिति नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य विमला सुवेदी, नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य जगदीश्वर नर्सिङ केसी, प्रतिनिधिसभा सदस्य सीता मिजार, नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष शिव लम्साल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सल्लाहकार द्वय रामचन्द्र कोइराला, उज्ज्वलजंग ठकुरी, चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रिय, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ संगीतकार राजु सिंह, कलाकार प्रज्ञा जोशी, रोशनी केसीलगयात रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *