पुष्प र सुमित्रा अभिनित ‘माया बन्धन यो’

Read Time = 1 min

काठमाडौं । अभिनेता पुष्प खड्कासँग सुमित्रा पौडेलको अभिनय रहेको गीत ‘माया बन्धन यो’ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो । प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको गीतमा बाबु प्रधानकोे एरेञ्ज छ । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिस कार्की संगीत रहेको छ ।

ADVERTISEMENT

यसै गीतबाट मोडलिङमा डेब्यु गर्नुभएकी पौडेलले यो गीत आफ्ना लागि ड्रिम प्रोजेक्ट रहेको प्रतिक्रिया दिनुभएको छ । गीतको भिडियो चितवनको चर्चित झरना जलभिरेलगायत विभिन्न स्थानमा खिचिएको छ । सन्दीप भुजेलको निर्देशन रहेको गीतको भिडियोमा ओम प्रसाईंको छायांकन र ओम प्रसाईंको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *