काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नायव सुब्बा दीपकराज देवकोटाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगका अनुसार देवकोटाले पोल्ट्री बंगुर फार्मको नाममा भुक्तानी लिई चेक लुकाएर फार्मसँग घुस मागेका थिए ।
कालीकोटको, खाँडाचक्र नगरपालिकाले पोल्ट्री बंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने गरी सम्झौता भएको थियो । देवकोटाले खाँडाचक्र नगरपालिकाद्वारा वडा नं.३ र ४ मा लघु उद्यम विकासअन्तर्गत कुखुरा पालन सीप विकास तालिमको झुट्टा बिल भरपाई तथा कागजात तयारी गरी कार्यालयमा पेश गरी भुक्तानी लिई एक लाख ९७ हजार ८९५ रुपैयाँ हिनामिना गरेका थिए ।
देवकोटाविरुद्ध भ्रष्टाचार एक लाख ९७ हजार ८९५ रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता