कवितासंग्रह ‘काकालाई चिठी’ र बालकविता संग्रह ‘कलम’ माथि परिचर्चा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । कवि शेखर अर्यालद्वारा लिखित ‘काकालाई चिठी’ कवितासंग्रह र ‘कलम’ बालकविता संग्रहमाथि परिचर्चा गरिएको छ । अखिल नेपाल लेखक संघको आयोजनामा पुतलीसडकस्थित पद्मोदय माविमा ‘बातलाबा’ को २४औं शृंखलामा कवि अर्यालकृत कृति समीक्षा तथा परिचर्चा गरिएको हो ।

कार्यक्रममा डा.शेखरकुमार श्रेष्ठले ‘काकालाई चिठी’ संग्रहमा प्रगतिशील विचारका कविताका साथै राजनीतिक, सामाजिक तथा वैदेशिक हस्तक्षेपको विरोध रहेको बताउनुभयो । उनले न्याय, सञ्चार र देशप्रेमका कविता सशक्त रूपमा आएको जिकिर गर्नुभयो ।

यस्तै, अर्यालका कृतिमाथि समीक्षा गर्दै डा.कौशिला रिसालले ३७ वटा कविता संकलित भएको ‘काकालाई चिठी’ मा संग्रहित कविता समसामयिक परिस्थिति र परिवेशको चित्र कोरिनुका साथै सर्वहारावर्गको आवरण बोलेको विचार व्यक्त गर्नुभयो । उहाँले संग्रहमा रहेका कविताले अन्यायका विरुद्धमा आवाज उठाएको, वर्गीय विभेदले सिर्जना गरेका सामाजिक विकृति र विसंगतिको पर्दाफास गरिएको, प्रगतिवादी स्वर, आशावादिता, व्यंग्यात्मकता र विद्रोहात्मक शैली अपनाइएको बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा लेखक राधा कार्की दुलालले समाज सापेक्षित सिर्जना गरेर कवि अर्यालले नेपाली वाङ्मयमा विशिष्ट योगदान दिएको बताउनुभयो । कृतिकार अर्यालले कार्यक्रममा उपस्थित भई हौसला, प्रेरणा र उत्साह प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका अखिल नेपाल लेखक संघका अध्यक्ष धनप्रसाद सुवेदीले बातलाबामा प्रथमपटक परिचर्चा कार्यक्रम राखी कवि अर्यालका दुई कृतिको परिचर्चा गरिएको जानकारी गराउनुभयो ।

कृति परिचर्चा कार्यक्रममा प्रा.डा राजन पोखरेल, कवि भीमनाथ रेग्मी, कवि टीकाराम उदासी, समालोचक पारस ढकाल, कवि प्रथा, कवि अगिव बनेपाली, जित अधिकारी, प्रकाश तिवारी, डा.यादेवी सुवेदी, भागवत भट्टराई, वसन्त अर्याल, ईशान घिमिरे, रेशम अर्याल, निशान घिमिरे, रेसुगां अर्याल, निशान्त अर्याललगायत व्यक्तित्वको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *